हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ स्थित राधाकृष्ण मन्दिर, स्थानीय शाखा डाँडा गाउँमा गत पौष २७ बाट आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान माहायज्ञ बिहीवार (आज) समापन भएको छ ।
हल्दीवारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओलीको प्रमुख आतिथ्य तथा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान माहायज्ञ आयोजक समितिका संयोजक चन्द्रप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पुराणका कथा वाचक, आचार्य पण्डित विष्णुप्रसाद भट्टराई, पण्डित उदय खनाल शात्री, भजन समुह, एवं समाजका जेष्ठ आमाबुबा लगायतलाई दोसल्ला ओढाएर सम्मान गर्दै समापन गरिएको हो । सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बिष्णुप्रसाद ओली, आचार्य पण्डित विष्णुप्रसाद भट्टराई, सनातन धर्म सेवा समिति जिल्ला सचिव लक्ष्मीप्रसाद दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत वडा सदस्य कर्ण भण्डारीले गरेका थिए भने कार्यक्रमको सहजीकरण अभिषेक खतिवडाको गरेका थिए । राधाकृष्ण मन्दिर, स्थानीय शाखा हल्दीवारीको आयोजनामा आज पौष २७ बाट शुरु गरिएको माहायज्ञ माघ ४ गते सम्म सञ्चालन भएर आज पुराणलाई सहयोग पुर्याउने महानुभावलाई सम्मान गर्दै सम्पन्न गरिएको छ ।
पुराण आयोजक समितिका अनुसार विभिन्न दाताहरूबाट १० लाख भेटिदान नगद प्राप्त भएको छ । केहि दिनमा आयव्यय सार्वजनिक गर्ने समेत जनाइएको छ । पुराणमा दाताहरूले दिएको दानबाट मन्दिरलाई आवश्यक पर्ने जमिन खरिद गर्ने समेत बताइएको छ ।