- चन्द्र बस्नेत
कनकाई ।
झापाको पवित्र एवम् धार्मिक स्थल कनकाई माईको पूर्वी किनारमा गत पौष २९ गतेबाट माघ २ गतेसम्म माइवेनी मेला लागेको स्थानको सरसफाई गर्न शुरु गरिएको छ । आफ्नो काम आफै गरौं भन्ने मुल उध्येश्यका साथ कनकाई वडा न ४ मा रहेको उक्त स्थानको वडाकै अगुवाईमा सबै टोल विकास सस्थाको सहयोगमा मेला स्थलको सरसफाइ शुरु गरिएको वडाध्यक्ष रोषन सुवेदीले जानकारी दिए ।
मेला स्थल धार्मिक क्षेत्र पनि भएकाले मानिसका लागि सरसफाइ अति आवश्यक छ भन्दै सरसफाई कार्यक्रम सुरुवात गरिएको वडाध्यक्ष सुवेदीले बताए । स्वच्छ वातावरणमा जीउनका लागि सरसफाई आवश्यक छ त्यसमापनि पर्यटकीय एवम् धार्मिक क्षेत्रको सरसफाई गर्नु हामी सबैको दायित्व हो भन्दै सरसफाई सुरु गरिएको र यो नसकिन्जेलेसम्म निरन्तर भईरहने कार्यपालिका सदस्य लक्ष्मी कटुवालले बताइन् ।
३ दिनसम्म लागेको मेलामा यस वर्ष विगतमा भन्दा भक्तजनहरु पनि धेरै आएको र मेला सब्य अनि भब्य रुपमा सम्पन्न भएको बताएको छ । मेला भर्न नेपालका विभिन्न ठाउँ छिमेकी मुलुक भारतका साथै भुटानबाट समेत हज्जारौको सङ्ख्यामा भक्तजनहरु सहभागी भएको बताएको छ ।
मेला सब्य र भब्य रुपमा सम्पन्न पार्न यस पटक ४ सय १ सदस्यीय मेला व्यावस्थापनकासमिति बनाई परिचालन गरिएको थियोे । यस पटक मेलामा उतिकै मात्रामा स्वयम सेवक र नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायातको व्यावस्थापनका लागि समेत ट्राफिक प्रहरी खटाएको थियोे ।
यस वर्ष विगत झै ट्राफिक जाम नभई सहज रुपमा यातायात चलाउन सफल भएकोे यातायात व्यावसायिहरुले बताएका छ्न् । मकर संक्रान्तिका दिन कनकाई माईमा मकर स्नान गरेर तिलको लडडु, तरुल खाएर तिलको आगो ताप्नाले मकोकामना पुरा हुने, छालाको रोग नलाग्ने जनविश्वास रहिआएको छ । माईवेनी मेलामा विभिन्न खाद्य परिकार र खेल तमासाहरु राखिएको थियोे भने मकर स्नान गर्न आउनेहरुको सुविधालाई ध्यानमा राखेर ठाउँ ठाउँमा आगो ताप्ने व्यावस्था समेत मिलाइएको थियोे ।
मेला भर्न आउनेहरुका लागि उचित ट्राफिक व्यावस्थापन र वारीपारि गर्नका लागि कनकाई नदिका भिन्न भिन्न स्थानमा अस्थायी पुल समेत बनाइएपछि कनकाई माईपुलमा सवारी आवगमन समेत सहज भएको थियोे ।