हल्दीवारी । 

भारतको आसाम राज्यस्थित बाक्साबाट ७ महिनाअघि साइकल यात्रा शुरु गरेका यात्रीलाई हल्दीबारी गाउँपालिका वडा नम्बर ४ ले स्वागत तथा सम्मान गरेको छ । 

भारतको आसाम राज्यबाट साइकल यात्रा शुरु गरेका २६ बर्षिय राजीव बोडालेलाई हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेका हुन् । नेपालको महाकालीबाट यात्रा शुरु गरी झापाको हल्दीबारी आइपुगेका उनलाई बुधवार थापाले सम्मान गरेका छन् ।  

नेपालमा मेचे जातीको बसोबास रहेको हल्दीबारीमा उनीहरुको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा गरेका उनलाई हल्दिबारी ४ ले स्वागत तथा सम्मान गरेको वडाध्यक्ष थापाले जानकारी दिए ।