बिर्तामोड । 

बिर्तामोड–७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएपछि घटनाको ध्यानाकर्षण भएको निजी तथा आवासीय अर्गनाइजेशन (प्याब्सन) बिर्तामोडले जनाएको छ  । 

 प्याब्सनले स्कुलले मंगलबार आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजनको ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका थिए । उनको चिन्ताजनक अवस्थामा भारतको सिलिगुडीमा उपचार भइरहेको छ ।

नेपाल नगर समिति बिर्तामोडले पनि प्रेस विज्ञप्ति जारी गरी बेल्समा भएको घटनाबाट सचेत बन्दै विद्यालयमा बालमैत्री, व्यबहार मैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न गराउन अपिल गरेको छ । 

नगर प्याव्सन अध्यक्ष उत्तम खनाल र सचिव सुरेन्द्र खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्याब्सन बिर्तामोड नगर कमिटीले स्थलगतरुपमा हेर्दा विद्यालयले साबधानीपूर्वक एकान्तमा सो बेलुन फुलाउने कार्यक्रम गर्दागर्दै अचानक दुर्घटना हुन पुगेका कारण यस घटनाबाट सचेत बन्दै विद्यालयमा बालमैत्री, व्यबहारमैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न गराउन हार्दिक अपिल गर्दछौं ।

विद्यार्थीहरुको कला, क्षमता विकासका लागि विद्यालयले गरेको गतिविधि प्रशंसनीय रहेपनि प्राबिधिक कारणबस दुर्घटना हुन पुगेको प्याव्सनले ठहर गरेको छ ।