झापा । 

सरकारी छाप दस्तखत किर्ते र वन पैदावार हानी नोक्सानी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई  जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराएको हो । 

पक्राउ पर्नेमा वन पैदावार हानी नोक्सानी मुद्दामा १५ दिन कैद र जरिवाना भएका झापाको दमक ३ भुटानी शरणार्थी शिविर बेलडाँगी ३६ बर्षिय चन्द्र भन्ने चेतबहादुर तामाङ र सरकारी छाप दस्तखत किर्ते मुद्दामा कैद फैसला भई फरार इलाम फाकफोकथुम गाउँपालिका–१ का ३३ बर्षिय रन्जन खड्का छन् । 

पक्राउ परेका दुबै प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।