झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित रजत चौकमा २६ औँ भूकप्प सुरक्षा दिवसको अवसरमा बिविध कार्यक्रम गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापासँगको सहकार्यमा ‘स्थानिय श्रोत र प्रविधि समेत प्रयोग गरौँ, भुकम्प थेग्ने संरचना बनाउ’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रम शुरु भएको हो । 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापा प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी नायव उपरिक्षक बालकृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी झापाका प्रमुख लोकराज ढकाल, विभिन्न संघ–ंसंथाका प्रमुखहरु,  निजामति कर्मचारी, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानिय जनप्रतिनिधी र सर्वसाधारण सहभागितामा ¥यालि रजत चौकबाट लेखनाथ चौक हुँदै, धनुषमोड पुगेर जिल्ला प्रशासन कार्यालयमो समापन भएको थियो ।  

त्यसैगरी झापाको हल्दीवारी गाउँपालिका वडा नं.२ स्थित रेडक्रस सोसाईटी उपशाखा हल्दीवारीको भवनमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी हल्दीवारीको संयुक्त आयोजनामा हल्दिवारी २ को वडा अध्यक्ष सुकलाल राजवंशीको अध्यक्षतामा स्थानिय जनप्रतिनिधि र स्थानीय उपस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २६ औ भुकम्प सुरक्षा दिवसका अवसरमा भुकम्प सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।