विर्तामोड। 

नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको विर्तामोडमा १० वटै वडामा वडा समिति गठनका लागि संयोजक एवं सल्लाहकार सदस्य चयन गरिएको छ । नेपाली कांग्रेस विर्तामोड नगर समितिको संयोजनमा जिल्ला पार्टी कार्यालयमा सम्पन्न भेलाले वडा समिति गठनका लागि पार्टीका वडा सभापतिलाई संयोजक चयन गर्दै सल्लाहकार सदस्य चयन गरेको हो ।

जसअनुसार वडा नं १ मा पार्टीका वडा सभापति रघुनाथ सापकोटालाई संयोजक चयन गरिएको छ भने याम भुजेल सल्लाहकार रहेका छन्। यसैगरी वडा नं २ मा देवीप्रसाद खरेल संयोजक, तेजबहादुर सुब्बा सल्लाहकार, वडा नं ३ मा प्रेमप्रसाद उप्रेती संयोजक एवं रामकुमार राजवंशी र कुमार कन्दङ्वा सल्लाहकार, वडा नं ४ मा राम पौडेल संयोजक एवं जलकुमार गुुरुङ, घनश्याम चौधरी, नविन सिटौला, विष्णु मादेन लगायत सल्लाहकार  रहेका छन्  ।

त्यस्तै वडा नं. ५ मा दिपक मेनेङ्बो संयोजक, रमेश चौधरी र लबकुमार चौधरी सल्लाहकार, वडा नं. ६ मा आशिस बन संयोजक, सूर्यप्रसाद कन्दङ्वा र विरेन मेचे सल्लाहकार, वडा नं. ७ मा मंगलसिं साँवा संयोजक, राधा सुब्बा सल्लाहकार, वडा नं. ८ मा उत्तम कट्वाल संयोजक धर्म लक्सम्बा र चिरञ्जीवि कार्की सल्लाहकार, वडा नं. ९ मा बासु अधिकारी संयोजक तिलरुपा श्रेष्ठ र आसिस लिम्बू सल्लाहकार एवं वडा नं. १० मा मदन गुरुङ संयोजक र सल्लाहकारमा प्रभात मुखिया र सन्तोष गुरुङ सल्लाहकार सदस्य चयन गरिएको छ ।

भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिबासी÷जनजातिको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पार्टीभित्र क्रियाशिल सदस्यता बढाएर सहभागिता खोज्न आदिबासी÷जनजातिलाई आग्रह गरे ।

महासंघको वडा समिति गठन एवं क्षेत्रीय प्रतिनिधि चयनका विषयमा जानकारी दिदै नेपाल लोकतान्त्रिक आदिबासी÷जनजाति महासंघ झापाका कार्यबाहक अध्यक्ष दिलकुमार नेम्बाङले प्रत्येक वडाबाट ६ जना क्षेत्रीय प्रतिनिधि चयन हुने र वडा सभापति विधानत पदेन क्षेत्रीय प्रतिनिधि हुने बताए।

नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहजीकरण सचिव दिवाकर प्रसाईले गरेका थिए ।  कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य राधा सुब्बा, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, विर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, विर्तामोड–४ का पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौला, नेपाल उद्यमशिल महिला संघ झापा अध्यक्ष पार्वता खरेल विमली लगायतको उपस्थिति रहेको थियो ।