चन्द्रगढी । 

झापाको चन्द्रगढीस्थित वर्तमान साहित्य प्रतिष्ठानले जिल्ला स्तरीय नाटक महोत्सव सम्पन्न गर्न कार्यदल गठन गरेको छ । 

वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले कलाकर्मी फणिन्द्र पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

कार्यदलमा राजु बराल, डिल्लीरमण नेपाल, कृष्ण अनमोल, रिता राजवंशी र बिकास पाण्डे  सदस्य रहेका छन । कार्यदलले झापा जिल्ला भित्रका सबै पालिकाहरुको प्रतिनिधित्व हुने गरी सम्भाब्यता अध्ययनपछि  नाटक महोत्सवको मिति र ठाउँ बारे निर्णय गर्ने कार्यदलका सदस्य तथा वर्तमान साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष राजु बरालले बताएका छन् ।