झापा ।
झापाको कचनाकवल गाउँपालिका वडा नम्बर ३ स्थित दल्कीमा जंगली हात्तीले तीन घरमा अन्नबाली साथै घरमा क्षति पुर्याएको छ । हात्तीको उपद्रोबाट २ लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
दुर्गा भिट्टा सामुदायिक बनबाट आएको जंगली हात्तीको समूहले कचनाकवल–१ का डम्बर खड्काको २० मन धान खाएको, कचनाकवल–२ का धुला राजवंशीको टिनको छानो भएको घर भत्काएको र कचनाकवल–३ का रणबहादुर लिम्बुको टिनको छानो भएको भुई तल्ले घरको पूर्वपट्टिको भित्ता भत्काएर ३० मन धान आएए क्षति गरेको हो ।
गएराती ११ः२५ बजेको समयमा प्रहरी चौकी पथरियामा जानकारी गराउन साथ प्रहरी टोली गएर उक्त स्थानका अनुगमन गरेको थियो ।
हात्तीको समुहले खड्काको खेतको खमारमा राखिएको अन्दाजी .२० मन .५० हजार रुपैयाँ बारारको, राजवंशीको टिनको छानो भएको भुई तल्ले घरको भत्काउँदा १ लाख रुपैयाँ बराबरको क्षति । लिम्बुको घरको क्षति र अन्दाजी ३० मन धानमा क्षति गर्दा एकला रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।