झापा । 

झापा जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई फरार रहेका २६ जनालाई पुस महिनामा प्रहरीले पक्राउ गरेको छ । 

अदालतहरुबाट बिभिन्न मिति तथा फैसला अनुसार फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मातहत प्रहरी कार्यालयहरुसँग समन्वय गरी पुस महिनामा २६ जना  फरार प्रतिबादीहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जसमा १८ बर्ष ४ महिना २३ दिन कैद र ५० लाख ४२ हजार ६७७ रुपैयाँ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।