झापा । 

बहुबिवाह मुद्दाका फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बहुबिवाह मुद्दामा फरार रहेकी झापाको हल्दीबारी–२ घर भई हाल भद्रपुर–७ बस्ने २६ बर्षिया संगिता बनिया बन्ने संगिता पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०८०/०२/०४ गतेको फैसला अनुसार बहुबिवाह मुद्दामा २ बर्ष कैद, २० हजार जरिवानार ८०० रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई  फरार रहेकी उनलाई 

 पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि  कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।