बिर्तामोड ।

श्री बालाजी धाम श्याम मन्दिर निर्माण समिति अग्रसेन भवन बिर्तामोड अन्तरगतको एक टोली श्री श्याम अखण्ड ज्योत यात्रा बिर्तामोड खाटुधाम प्रस्थान गरेको छ ।

बाबाको दिव्य शीश एवंम् अखण्ड ज्योत यात्राका लागि टोली आज भारतको राजस्थानस्थित खाटुधाम गएको हो । बिर्तामोडमा एक कार्यक्रमका बिच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले टोलीलाई बिहीवार (आज) बिदाई गरेका छन् ।

बालाजी धाम परिसरमा बिगत ४ बर्षदेखि निर्माणधिन श्याम मन्दिरको बाबाको प्रतिमा (शिश) लिन श्याम मन्दिर निर्माण समितिका सचिव बिनोद बंशल र बालाजी मन्दिर समितिका संयोजक नबिन गोयलको नेतृत्वमा २४ जनाको टोली खाटु धाम गएको श्याम मन्दिर निर्माण समिति संयोजक सुरेश बंशलले जानकारी दिए ।

marwadi

टोली माघ ४ गते काँकरभिट्टा आइपुग्ने र उनीहरुलाई झाँकीसहित काँकरभिट्टा, धुलाबारी हुँदै बिर्तामोड नगर परिक्रममा गराउने संयोजक बंशलले बताएका छन् । साथै उनीहरुले ल्याएका बाबाको प्रतिमा (शिश) फागुन २ गते मन्दिरमा प्रतिस्थापन गरी मन्दिरको उद्घाटन गरिने उनले बताए ।

मारवाडी समुदाय, बिभिन्न संघसंस्थाको करिब ४ करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भइरहेको जनाइएको छ । अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षतामामा भएको सो बिदाई कार्यक्रममा कोशी प्रदेश मुख्य मन्त्री तथा कार्यक्रका प्रमुख अतिथि कार्कीलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।

मन्त्रीलाई मारवाडी युवा मञ्च, मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवती मञ्च, बालाजी मन्दिर, अग्रसेन भवनपरिवारलगायतले स्वागत सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन अग्रसेन भवनका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले गरेका थिए । कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, बिभिन्न मारवाडी समुदायका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।