काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले आफ्नो भागमा परेको छवटै सिटमा उम्मेदवार टुङ्ग्याएको हो ।

माओवादीले टुङ्ग्याएका उमेदवारमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुङ्गो लगाएको जनाएको छ । 

राष्ट्रिय सभाका १९ रिक्त स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।