झापा । 

बेवारिसे अवस्थामा बिभिन्न मिति र स्थानबाट फेला परेका सवारी साधन जिल्ला प्रहरी कार्यालय झापाले भन्सारमा बुझाएको छ । बेवारिसे अवस्थामा प्रहरीले फेलापारेका १९ लाख मुल्य बराबरका सवारी साधनहरु हकदावी आव्हान गर्दा कोही पनि धनि सम्पर्कमा नआएपछि शुक्रवार (आज) प्रहरीले मेची भञ्सार कार्यालय काँकरभिट्टा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

गत पुस १५ गते झापाको दमक –४ मा गस्ती गर्दै जाने क्रममा  महेन्द्र राजमार्गको दक्षिण किनारमा शंकास्पद रुपमा वेवारिसे अवस्थामा फेला परेको मे १ च २१७५ सेतो रंगको १३ रुपैयाँ मूल्य बराबरको बोलेरो पिकअप, पुस १४ गते भद्रपुर–९ कारागार कार्यालय अगाडी घोडामारादेखी जिल्ला प्रशासन कार्यालय भद्रपुर झापा आवातजावत गर्ने सडक खण्डमा गस्ती गर्दै जाने क्रममा सो सडकको दक्षीण तर्फको किनारामा फेला परेको मे २ प १६५७ उल्लेख भएको रातो कालो रङको आरटि आर अपाची, को १३ प ३१५२ उल्लेख भएको कालोमा रातो रंगको १५० सिसिको पल्सर र को ६ प ४५७८ नं. उल्लेख भएको रातोमा कालो रंगको पल्सरसहित जम्मा २ लाख ९० हजार मुल्य बराबरको तीन वटा मोटरसाइकलहरु भञ्सारमा बुझाएको प्रहरीले जनाएको छ । 

त्यसैगरी पुस १५ गते भद्रपुर–७ स्थित गस्ती गर्दै जाने क्रममा लेखनाथ चोकदेखी गार्मेन्ट चोक आवतजावत गर्ने सडक खण्डको पूर्व तर्फको किनारामा बेवारिसे अवस्थामा फेला परेको मे ६ प १७७३ रातो सेतो सुपर स्प्लेण्डर, मे ७ प  ७०३४ उल्लेख भएको कालो सेतो रङको १५० सिसिको पल्सर र मे ११ प ६३३९ उल्लेख भएको रातोमा कालो रंगको २२० सिसिको पल्सरसहित ३ लाख १० हजार मूल्य बराबरको ३ वटा मोटरसाइकलहरु भञ्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।