सुरुङ्गा । 

नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल सर्वसम्मत रुपमा चयन भएका छन् । अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

प्रतिष्ठानको विधान अनुसार कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् भने सचिवमा उषा श्रेष्ठ, सह–सचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सह–कोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनित गरी १३ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि डिल्लीराम मैनालीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.सि.पी. यादव र निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल सदस्य रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ ।