बिराटनगर।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यले कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा भ्रमण गरेकी छिन् । श्रेष्ठ मंगलबार (आज) अपरान्ह निरीक्षण भ्रमणको क्रममा आएकी हुन् ।
आयुक्त श्रेष्ठलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलासहित प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए । निरीक्षण भ्रमणको क्रममा उनले कार्यलयको सम्पूर्ण शाखा लगायत कार्यालयको सौन्दर्यकरण समेतको अवलोकन गरेकी थिइन् ।
सोही क्रममा आयुक्तलाई प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादन गरिएका उल्लेखनिय कार्यहरुको वारेमा प्रस्तुतिकरणद्वारा अवगत गराएका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीसहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।