बिराटनगर।
नेपाल प्रहरी कार्ययोजना तथा वार्षिक कार्य सम्पादन सम्झौता २०८० लाई प्रभावकारी बनाउने उद्धेश्य अनुसार कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरु मध्येबाट कार्तिक र मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट कार्य गरेको छ ।
नेपाल प्रहरीको वार्षिक कार्य योजना २०८० अनुसार कार्यान्वयन गर्नुपर्ने बुँदागत बिषयहरुमा कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुले कार्तिक र मंसिर महिना सम्म गरेका कार्यहरुको प्रगति विवरण समिक्षा गर्दा जिल्ला प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेको भन्दै झापा जिल्लालाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाईसहित प्रशंसा पत्र प्रदान गरेका छन् ।
यसका साथै उनले कोशी प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरुले समेत कार्ययोजना अनुसार प्रहरी कार्य गरिरहेको तथा आगामी दिनमा तिब्रताका साथ निरन्तर रुपमा लागि पर्न निर्देशन दिका छन् ।