हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको ‘हल्दिबारी आधारभूत अस्पताल’ मा १२ घण्टा स्वास्थ्य सेवा शुरु हुने भएको छ । पुस १७ गते अर्थात आजबाट बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म अस्पताल सञ्चालन हुने भएको बताइएको छ । 

गत पुस १३ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार आजदेखि १२ घण्टा अस्पतालमा १२ घण्टासम्म अस्पताल सञ्चालन हुने साथै सार्वजनिक बिदाको दिनमा पनि आकस्मिक सेवा सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले जानकारी दिएका छन् । 

स्थानीय सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन सहज बनाउने उदेश्यले १२ घण्टे स्वास्थ्य सेवा अस्पतालमा शुरु गरिएको पालिका अध्यक्ष लिङदेनले बताए ।

१५ शैयाको हल्दिबारी आधारभूत अस्पतालमा आकस्मिक सेवा, ओपिडी, प्याथोलोजी सेवा उपलब्ध छ भने हप्तामा १ दिन भिडियो एक्सरे सेवा पनि सुचारु रहेको छ । उक्त अस्पतालमा स्थापनाकालदेखि नै नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।