झापा ।
लागूऔषध मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का ३४ बर्षिय शिव श्रेष्ठ प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०८०/०५/२६ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार रहेका प्रतिबादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले १३ गते पक्राउ गरी सोमवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो ।
अदालतको आदेश अनुसार ३ महिना कैद भई फरार रहेका प्रतिवादी श्रेष्ठलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।