चन्द्रगढी । 

झापाको चन्द्रगढीस्थित वर्तमान साहित्य प्रतिष्ठानको २६ औ बार्षिक साधरणसभा आज (आइतबार) सम्पन्न भएको छ । चन्द्रगढीस्थित भद्रपुर नगरपालिका वडा न १० को सभा हलमा सम्पन साधरण सभाले अध्यक्षमा पुन डिल्लीरमण नेपाललाई चयन गरेको छ ।

नव गठित कार्य समिति उपाध्यक्ष बिकास पाण्डे, सचिव सन्जिव गिरी, कोषाध्यक्ष प्रिया दासका साथै सदस्यमा गोपाल शिवाकोटी, सन्तोष ढुङ्गाना, महेन्द्र कोइराला, रिता राजवंशी र  सुजता ढकाल रहेका छन् । 

वर्तमान साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष राजु बरालले वर्तमान साहित्य प्रतिष्ठानका गतिबिधि प्रकाश पारेको उक्त कार्यक्रममा वर्तमान साहित्यिक पत्रिकाको बारेमा साहित्यकार तारा बिविधले चर्चा गरेका थिए । 

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, नाट्य कला  प्रज्ञा प्रतिष्ठान सदस्य हरि पौडेल, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, साहित्यकार होम सुबेदी, कष्ण योन्जन,  चुडामणि वशिस्ट र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दुर्गाप्रसाद भट्टराईले शुभकामना मन्तब्य राखेका थिए । 

कवि बिरही अधिकारी, दुर्गा सिग्देल, सन्तोष ढुङ्गाना, शिवकुमार राजभण्डारीलगायतले कविता, गजल वाचन गरेको सो कार्यक्रममा लक्ष्मी मिश्र र प्रिया दासले गायन प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा आगामी वर्षखि साहित्यकारहरु मध्य एक जनालाई प्रत्येक बर्ष वर्तमान युवा प्रतिभा पुरस्कार समेत प्रदान गरिने घोषणा गरिएको छ । 

वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता, सन्जिव गिरीको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण अनमोलले गरेका थिए ।