बिर्तामोड । 

झापाको बिर्तामोड–२ मा स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।  ट्रमा सेन्टरले बिर्तामोड –२ भगवानचौकस्थित हस्पिटलमा आइतवार (आज) पत्रकार सम्मेलनको आयोजना गरी सोमवारदेखि सञ्चालनमा ल्याउने जनाएको हो । 

आगामी दिन १०० वेडको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनको तयारी गरेको हस्पिटले हाल १५ वेड सञ्चालन गरेको हस्पिटलका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा ंप्रेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा बिरामीको चापलाई ध्यानमा राख्दै बेड  थपिनेछ । 

स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा अत्याधुनिक प्रविधीबाट स्पाइन सम्वन्धी सम्पूर्ण उपचार, (सानो घाउ पारेर), हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार, (जोर्नी प्रत्यारोपण, दुरवीनबाट गरिने उपचार ), न्यूरोको अत्याधुनिक प्रविधीसहितको इण्डोभास्कुलर न्युरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन (एमसीएच) बाट सेवा, गाइनोतर्फ बाझोपन सम्वन्धी विशिष्टकृत डाक्टहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा,  अत्याधुनिक प्रविधिको भिडियो एकस रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसियु, नर्सरी, एचडियु सेवा प्रदान गरिने उनले डा. शाहीले बताएका छन् ।

त्यस्तै स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा सबै विभागको विशिष्टकृत डाक्टहरुद्वारा ओपिडी सेवा, हरेक विभागको क्याविनसहितको सेवा, अत्याधुनिक प्रविधी र उपकरणसहितको शल्यक्रिया कक्ष, अध्याधुनिक प्रयोगशाला, फार्मेसी सेवालगायतका सम्पूर्ण सेवा उपलव्ध रहेको बताइएको छ । 

trama center

ट्रमा सेन्टरमा अर्थो, न्यूरो, स्पाइन, वर्न र प्लाष्टिक सर्जरी सम्बन्धी उपचार सेवा प्रवाह गर्न बहुविभागिय विशिष्टिकृत  सेवासहितको ट्रमा सेन्टरसमेत सञ्चालन गरिने र उक्त ट्रमा सेन्टर कोशी प्रदेशको प्राइभेट सेक्टरको पहिलो ट्रमा सेन्टर रहेको डा. शाहीको दावी छ । 

हाल करिब ३० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको ६० प्रतिशत लगानी भइसहेको छ भविश्यमा ५० करोड लगानी गर्ने तयारी गरिएको डा. शाहीले जानकारी दिए । 

पत्रकार सम्मेलनमा डा. लक्ष्मीप्रसाद मैनाली, डा. गौरवराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महासंघका पूर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपानेलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

पत्रकार सम्मेलनमा सञ्चालक किशोर भुजेल, प्रकाश लिङ्देन, डा. ध्रवनारायण शाह, डा. उपशना कोइराला थापा, डा. केशवकुमार मण्डल, डा.अमरेन्द्रकुमार थादव, डा. मोहम्मद नौसाद अन्सारी, ब्यवस्थापकीय प्रमुख अभय भुजेल, कनकाई हस्पिटलका फडेन्द्र चापागाईलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सञ्चारकर्मी बिजय बरालले गरेका थिए ।