बिर्तामोड । 

अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन भएको छ। नवगठित समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिव केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा वत्सल भट्टराई चयन भएका छन्।

त्यसैगरी सदस्यमा पुण्यमाता खतिवडा, तारा लाबुङ, अनुप शर्मा, खेमराज आचार्य ,समीक्षा गौतम, राजेन्द्र अधिकारी, दिपेन लिम्बु ,दीपक शर्मा वाग्ले, रामप्रसाद पराजुली र अमिर कुमार तिम्सिना रहेका छन्।

सम्मेलनले नेल्टा झापाका निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईको संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा केशवप्रसाद मैनाली, रुद्रबहादुर थापा, टिकाप्रसाद सुवेदी र जेनी राई रहेका छन्।

शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश पराजुलीलाई माइन्यूट हस्तान्तरण गरेर जिम्मेवारी दिएका थिए ।