बिर्तामोड । 

साहित्य चौतारी बिर्तामोड झापाले चार जना श्रष्टालाई सम्मान गरेको छ । चौतारीले शनिवार (आज) बिर्तामोडमा अग्रज श्रष्टा तथा साहित्य चौतारीका संस्थापकहरुलाई सम्मान गरेको हो । 

अग्रज सर्जक श्रष्टा डा.पुण्यप्रसाद सिग्देल, चौतारीका संस्थापक उपाध्यक्ष शेखर ढकाल, संस्थापक सचिव खिलप्रसाद शिवाकोटी, संस्थापक सह–सचिव तथा पूर्व उपाध्यक्ष भीष्म न्यौपानेलाई चौतारीले श्रष्टा सम्मान गरेको छ । 

साहित्य चौतारी नेपालको रजत वर्ष महाअभियान अन्तर्गत पौष महिनाको मासिक सांगितिक काब्यसभा तथा कवि शिरोमणि लेखनाथ पौड्याल जयन्ती र तमु ल्होसार पर्व, अन्तर्राष्ट्रिय नव वर्ष २०२४ को शुभकामनासहित अग्रज श्रष्टालाई सम्मान गरिएको हो । 

साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उपाध्यक्ष तथा सम्मानित व्यक्तित्व प्राज्ञ पवन राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । 

श्रष्टा सम्मानसहित  विविध साहित्यिक तथा सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमक गरेको चौतारीका संरक्षक देबीभक्त श्रेष्ठले जानकारी दिए । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा भएको कार्यक्रमलाई होटल हिकोला हेरिटेज प्रालिले प्रायोजन गरेको थियो । 

चौतारीकी कार्य समिति सदस्य सुिनता तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन चौतारीका जीवन जलदिश धितालले गरेका थिए ।