झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली चोकस्थित पूर्व पश्चिम राजमार्गबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.११ का २९ बर्षिय मनिष मोक्तान र सोही मोटरसाईकल पछाडी सवार सोही स्थानका ३७ बर्षिय रीगबहादुर दर्जी छन् ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराती अन्दाजी १०:४५ बजेको समयमा पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.५ प.३६४८ नं.को मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।