झापा। 

झापाको हल्दिबारीमा पछिल्लो समय हात्ती आतंक बढदो छ । जंगली हात्ती र मानव द्वन्द  बढेर गएको छ । जंगली हात्ती आक्रमक शैलीमा बस्ती पसेर क्षति गर्ने घटना बढिरहेको पाइन्छ ।

यस समस्यालाई मध्यनजर गर्दै श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरंक्षण विभागबाट प्राप्त जानकारीमुलक पुस्तक हल्दिबारीका सामाजिक अभियानकर्मी अभिषेक खतिवडा र हल्दिबारी बाल सञ्जालका अध्यक्ष पवन गिरीले शुक्रवार (आज) वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् । 

हल्दिबारी गाउँपालिका वडा नं.३ का जनप्रतिनिधि कर्ण भण्डारी, बिष्णुमाया ढुङ्गेल र वडा सचिव राजन खतिवडालाई वडा कार्यालय पुगेर १०० थान पुस्तक युवाहरुले हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालयलाई हस्तान्तरण गरेको पुस्तक वडा भित्रका सामुदायिक वन, सामुदायिक विद्यालय, वडा कार्यालयलगायत वडा भित्रका सार्वजनिक संसथाको लागि हस्तान्तरण गरेको बालसञ्जालका अध्यक्ष गिरीले जानकारी दिएका छन्।

खतिवडाले हात्ती मानव द्वन्द जटिल बन्दै गएकाले सबै पक्षलाई गम्भीर भएर सचेत रहन अपिल समेत गरेका छन्।