झापा । 

झापाबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका तीन जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झुटा विवरण पेश गरी नेपाली नागरिकता बनाइदिने मुद्दाका दमक–५ घर भई  हाल मेचीनगर–१ बस्ने ३८ बर्षिय पुष्पलाल भन्ने पुष्प अधिकारी, सवारी ज्यान मुद्दाका कचनकवल–४ का ४७ सजन, साजनलाल भन्ने अर्जुनलाल राजबंशी र ज्यान मार्ने उधोग मुद्दा दमक–३ घर भई हाल दमक–२ बस्ने २३ बर्षिय शम्भु लिम्बु रहेका छन् ।

झुटा बिवरण पेश गरी नेपाली नागरिकता बनाउने मुद्दाका अधिकारीलाई २ बर्ष कैद रु १ लाख जरिवाना फैसला भएकोमा सो फैसलालाई उच्च अदालत बिराटनगर इलाम इजलासबाट समेत मिति २०८०/०२/२४ मा सदर फैसला भई फरार रहेका थिए । 

त्यस्तै राजबंशी मिति २०७९/०९/२५ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ४ बर्ष कैद ५२ हजार जरिवाना र पिडित राहत कोषमा २ हजार रुपैयाँ जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए भने लिम्बु मिति २०८०/०३/२९ गतेको फैसला अनुसार ज्यान मार्ने उधोग मुद्दामा ३ बर्ष कैद रु ३० हजार जरिवाना र पिडित राहत कोषमा रु.५० हजार जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । उनीहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।