हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ ले महिलाहरुलाई सात दिने सेनेटरी प्याड निर्माण तालिम सञ्चालन गरेको छ । हल्दीवारी ३ ले वडाको सिलिङ्ग अन्तर्गत बिनियोजित गरेको एक लाख ५० हजार रुपैयाँबाट तालिम आयोजना गरेको हो ।
तालिमको उद्घाटन बुधबार कार्यक्रमका प्रमुख अतिथि तथा हल्दिबारी–३ का वडाध्यक्ष बिष्णु ओलीले गरेका हुन् । महिला शशक्तिकरण कार्यक्रमको बजेटबाट वडाका महिलाहरुलाई सेनेटरी प्याड निर्माण गर्ने तालिम सञ्चालन गरेको वडाध्यक्ष ओलीले जानकारी दिए ।
प्रमुख प्रशिक्षकका रुपमा सरस्वता चम्लागाइ रहेकी तालिममा २५ जना महिलाहरुको सहभागीता रहेको जनाइएको छ । तालिम पुस १२ देखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । वडाकी महिला सदस्य बिष्णुमाया ढ्ङ्गेलको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा वडाध्यक्ष ओलीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत वडा सदस्य कर्ण भण्डारीले गरेको तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशिक्षक चम्लागाइले औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन वडा सचिव राजन खतिवडाले गरेका थिए ।