झापा ।
झापाको बिर्तामोड नगरपालिका सूर्यनगर टोलमा आज (शुक्रवार) आगलागी भएको छ । आज बिहान ४ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सूर्यनगरमा अनुप अग्रवालले सञ्चालन गरेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीको नजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउमा अचानक आगोलागी भएको हो । आगोलागी भएकोे खबर प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटना स्थल पुगेको थियो ।
नेपाल प्रहरी, बिर्तामोड, मेचीनगर नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, र स्थानियबासीको सहयोगमा ५ः१५ बजे आगो पूर्ण रुपमा नियनत्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागीबाट अन्दाजी तीन लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।