इलाम ।
अखिल (क्रान्तिकारी) ले महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका कर्मचारीलाई सम्मान गरेको छ । अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटीद्धारा एक कार्यक्रमको आयोजना गरि मालि पदमा काम गर्दै आएका वीरबहादुर लिम्बूलाई सम्मान गरिएको हो । २८ वर्ष महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत रहेका लिम्बु उत्कृष्ट कर्मचारी हुन् ।
अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष शम्भु राईको अध्यक्षता, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मालि पदमा कार्यारत लिम्बुलाई सम्मान गरिएको हो ।
क्याम्पस प्रमुख खगेन्द्रप्रसाद चापागाईंको विशेष आतिथ्यमा रहेको कार्यक्रममा अखिल क्रान्तिकारी इलाम अध्यक्ष नयन वान्तावा, सहायक प्रमुख भीम रिजाल, नेपाल प्राध्यापक संगठनका प्रदेश उपाध्यक्ष प्रेम लुइटेल, त्रिवि कर्मचारी संगठन इकाइ अध्यक्ष केन्द्र खत्री, स्ववियु सचिव राजेन्द्र लोहार, स्ववियु सदस्य पुष्कर बोहोरा, बबिता खनाल, सुम्निमा राईको आथित्यता रहेको थियो ।
नेपाल विद्यार्थी संघ सभापति रेखा बेघाको आतिथ्यमा रहेको कार्यक्रमको सञ्चालन समितिको सचिव, स्ववियु सदस्य ज्ञानेन्द्र चापागाईंले गरेको महेन्द्र भट्टराईले जानकारी दिए ।