बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा अर्जुनकुमार मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले युवा व्यवसायी मैनालीलाई संघको अध्यक्षमा उमेद्वार घोषणा गरेको हो ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बुधवार (आज) बिर्तामोडमा आयोजित विस्तारित भेलामा अध्यक्षको उम्मेदवारका रुपमा मैनालीलाई अघि सारिएको हो । मैनाली संघका वर्तमान महासचिव समेत हुन् ।
मैनालीको नेतृत्वमा चुनावी तयारी थालिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले जानकारी दिए । संघको अरु पदमा भने उमेद्वार घोषणा गर्न बाँकी छ ।
अध्यक्षमा उम्मेद्वारी घोषणासँगै मैनालीले व्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति विश्वासको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।