बिराटनगर । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहमा कार्यरत प्रहरी हवल्दार हरिप्रसाद ढकाललाई मंसीर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनिय कार्य गरेकोले उनले गरेको कार्यको उच्च मुल्याङकन गर्दै मंसीर महिनाको सर्वोत्कृष्ट प्रहरी  घोषित गरिएको हो ।

पुरस्कृत भएका ढकालले  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ९ मा मंसिर महिनाको बिभिन्न मितिमा स्काभेटर शृङ्खलाबद्ध रुपमा आगजनी भएको घटनाको सफल अनुसन्धान पश्चात दोषीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।