बिर्तामोड । 

कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना भएको एक महिने जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ ।  स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पुष ९ देखि माघ ९ गतेसम्म आयोजित कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ मा ग्राहकको आकर्षण बढेको हो । 

बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना भएको हो ।

juttap

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका तीन हजार भन्दाबढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध रहेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । 

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको छ भने महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने उनले बताए । 

महोत्सवको पहिलो दिन ग्राहकहरुको भीड लागेको र महोत्सवप्रति उपभोक्ताहरुको चासो देखिएको बताउँदै न्यौपानेले पहिलै दिन ४ लाख रुपैयाँको कारोबार भएको बताएका छन् ।