लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बिहीवारे बजारस्थित श्री नवदुर्गा पञ्चायनतन मन्दिरमा आयोजित श्रीमद् स्कन्ध महापुराणको उद्घाटन भएको छ ।  मन्दिरमा आयोजित १९ औ अनुष्ठान तथा १८ औं महापुराणको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले मंगलबार (आज) उद्घाटन गरेका हुन् । 

 पुस १० देखि १८ गतेसम्म मन्दिरमा १८ औं महापुराण आयोजना गरिएको हो। महापुराण सम्पन्न गर्न बिभिन्न १२ वटा उपसमिति निर्माण गरिएको छ । मुल आयोजक समितिका संयोजक तथा मन्दिर समितिका अध्यक्ष छबिलाल लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख वलदेवको प्रमुख आतिथ्य रहेको थियो । दिए । 

महापुराणको प्रमुख बाचकका रुपमा पण्डीत छन्दुराम भण्डारी रहेका छन् भने उपबाचकका रुपमा पण्डीत पुरुषेत्तम गजुरेल, पण्डीत लक्ष्मीप्रसाद पोखरेल, पण्डीत भक्तिप्रसाद घिमिरे र पण्डीत भरत अधिकारी रहेका छन् । 

उद्घानका अवसरमा १०८ क्लशका साथ शोभायात्रा गरिएको थियो ।  पुराणलाई सफल तथा उक्त महापुराणबाट रकम बचत भए त्यसलाई मन्दिरको अक्षयकोषबृद्धि गरिने अध्यक्ष लम्सालले जानकारी दिए ।   महापुराण सम्पन्न गर्न ७ सय सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । 

स्वागत मन्दिर समितिका वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमलाई मन्दिर समिति सदस्य तेजकुमार गिरी र रुद्र ओलीले संयुक्त रुपमा सञ्चालन गरेका थिए । 

सोही कार्यक्रमका बिच दुर्गा हरिहर कीर्तन समुह अर्जुनधारा–५ ले तयार पारेको ‘भजन संग्रह’ पुस्तकको समेत लोकापर्ण गरिएको थियो । संस्कार संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ मन्दिर समितिका संस्थापक अर्जुन रेग्मीको लेखन तथा खोजसहित तयार पारेको भजन संग्रह महापुराणका प्रमुख बाचक पण्डीत छन्दुराम भण्डारीले लोकापर्ण गरेका थिए ।