शिवसताक्षी ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनि पत्रकारिता पेसामा पनि क्रियाशील छन् ।
झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार(आज) सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडालाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दिकेशर घिमिरे, मनकुमार चौलागाई, जीवन सुवेदी र तीर्थ काफ्लेलाई चयन गरेको छ ।
उद्घाटन सत्र सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष संजीव सत्याल रहेका थिए ।
सहसचिव दीपक खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत विनोद सापकोटा र संघको सांगठनिक प्रतिवेदन संजय सापकोटाले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्र घिमिरेले प्रस्तुत गरेका थिए ।