झापा । 

.झापाको दमक नगरपालिका वडा नम्बर ३ स्थित रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । शिविरमा आइतवार (आज) बिहान ३ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शिविरको  सेक्टर सी–४ छाप्रा नम्बर ५३५ मा बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको हो । 

आगलागीबाट ३ वटा घर, घर भित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपात समेत जलेर नष्ट हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षेति भएको प्रहरीले जनाएको हो । 

आगलागीमा अन्य मानविय तथा चौपायाको क्षति नभएको जनाइएको छ । उक्त आगो दमक नगरपालिकाको दमकल, स्थानियबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीको सहयोगमा बिहान ४ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको  प्रहरीले जनाएको छ । झापामा दैनिक जस्तो आगलागीाा घटना बढ्दै गएको छ ।