झापा । 

करिब ४५ बर्ष अघि बेपत्ता भएका एक ब्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ । ताप्लेजुङ श्रीजंगा गाउँपालिका वडा नम्बर ३ घर भएका अन्दाजी ६० बर्षिय  धनबहादुर लिम्बुलाई उनका भतिजलाई शनिवार जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

विगत ४०÷४५ बर्षदेखी हराएर बेपत्ताका धनबहादुरलाई भारत सिक्किमको अन्तराष्ट्रिय मानव परिषद संस्थाले  करिव २ महिना अगाडी वेवारिसे अवस्थामा फेला पारेर पुनस्थापना केन्द्रमा राखेको बताइएको छ । 

सोही सस्थासँग समन्वयमा सस्थाको प्रतिनिधिहरुले शनिवार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर उनका भतिज नाता पर्ने ताप्लेजुङ साविक तेल्लोक गाविस वडा नं.२, हाल श्रीजंगा गाउँपालिका वडा नं. ३ का ४३ बर्षिय आइतराज लिम्वुलाई  जिम्मा लगाएको प्रहरीले जनाएको छ ।