झापा ।
झापाबाट चोरी र डाका मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डाका मुद्दाका झापाको मेचीनगर नगरपालिका वडा नं. १४ का २९ बर्षिय प्रकाश राजबंशी, सोही स्थानका ३२ बर्षिय मानिक राजबंशी र सोही स्थानका चोरी मुद्दाका २० बर्षिय कमल भन्ने भरत राजबंशी रहेका छन् ।
डाका मुद्दाका मिति २०७९/११/१० गते फरार रहेका प्रकाश र मानिकलाई १ बर्ष कैद र १० हजार जरिवाना र २०० रुपैया राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो । त्यस्तै मिति २०८०/२/३१ को फैसला अनुसार चोरी मुद्दाका भरतलाई १ महिना कैद, ५ हजार जरिवाना र २०० रुपैयाँ कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो ।
उनीहरु तीनै जनालाई फैसला कार्यान्वयनको लागि शुक्रवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















