हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ को स्कुल चोकमा रहेको मेडिहोम हस्पिटलको फार्मेसीमा चोरी भएको छ । माथिल्लो तलामा बिमारी र हस्पिटल स्टाफ हुँदाहुँदै तलको तल्लामा रहेको अस्पतालको फार्मेसी भित्रको नगद चोरी भएको हो।
स्लाइडिङ झ्याल खोलेर भित्र पसि फार्मेसीको पैसा चोरले चोरेको थियो । सो घटनाबारे प्रहरीमा रिर्पोट गरिएको छ र प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
अस्पतालबाट ८ हजार वढी रकम चोरी भएको हस्पिटल सञ्चालक कृष्ण प्रसाईले बताएका छन् । उनका अनुसार रकम धेरै नभएपनि चोरी हुनु ठूलो कुरा हो ।
त्यस्तै गए राति पुनः झापाको हल्दिबारी–३ मा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा राती चोरी भएको छ । मन्दिर भित्र दान पेटिकामा राखिएको पैसा र साउन्ड बक्स (एमपी फाइर) चोरी भएको जलथल प्रहरी चौकीका प्रमुख देबेन्द्र आङ्दाम्बेले बताएका छन्।
घटनास्थलमा एक थान फलामको रड भेटिएको छ । रडले मन्दिरको मुल गेटमा राखिएको ताला फुटाएर दान पेटिकाबाट पैसा र साउन्ड बक्स चोरिएको बुझिएको छ ।
वडा अध्यक्ष बिष्णु ओली, जलथल प्रहरी चौकी देबेन्द्र आङ्दाम्बे, मन्दिर समितिका पदाधिकारी र स्थानीयले घटनाको अवलोकन गरेका छन्। मन्दिरबाट २५० वाटको आहुजा एम्प्लीफायर एक थान माउथ पिस दुइ थान र ५, १०, २०, ५०, १०० का नोट गरी जम्मा १७ हजार रुपैयाँ चोरी भएको मन्दिर समितिका उपाध्यक्ष एल बि कन्दङ्वाले जानकारी दिए।