विर्तामोड ।
कालिकापीठ कालीस्थानको १९ औं बार्षिक यज्ञानुष्ठानको अवसर पारेर शुक्रवार आजदेखि श्रीमद् ब्रम्ह महापुराण एवं धनधान्याचल महायज्ञ शुरु भएको छ ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सप्ताहब्यापी यज्ञानुष्ठानको समुद्घाटन गरिएको हो । नौमती बाजागाजासहितको कलश यात्राले कालीस्थान परिषर परिक्रमापछि यज्ञानुष्ठान एवं धान्याचलको उद्घाटन गरिएको थियो । आगामी पुस १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पूर्वीय धर्मग्रन्थ एवं अठारै पुराणका ब्याख्याता आचार्य रघुनाथ रिजालको कथा प्रवचन रहनेछ भने पं कृष्णराज भण्डारीको पाठपारायण एवं राम ढुङ्गानाको भजन–कीर्तन रहनेछ ।
कालिकापीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, कालिका मातृ समूहका सचिव गान्धारी मिश्र, भगवद्भक्ति आश्रम (गुरुकुल) का प्राचार्य अम्बिका खतिवडा, सप्ताहिक यज्ञानुष्ठानका संगीत संयोजक राम ढुङ्गाना लगायतले मन्तब्य राखेका थिए ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले गुरुकुलको संवद्र्धनबाट वैदिक जनशक्ति उत्पादन हुने र मुलुकको सुशासनमा टेवा पुग्ने धारणा राखेका थिए । कार्यक्रमका बक्ताहरुले वैदिक जनशक्ति उत्पादन एवं पीठको विकास र समृद्धिमा लक्ष्मीप्रसाद पोखरेल नेतृत्वको समितिले महत्वपूर्ण भूमिका खेलेकोप्रति प्रसंशा गर्दै महापुराणको गाम्भीर्यता र बौद्धिकताको बर्णनसहित यज्ञानुष्ठान सफल बनाउन सवैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कालिकापीठ ब्यवस्थापन समितिका उपाध्यक्ष कर्णबहादुर तामाङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव रामप्रसाद मिश्रले गरेका थिए । श्रीमद्ब्रम्हमहापुराणमा पूर्वभाग र उत्तरभाग गरी दुईखण्डमा २४६ अध्याय रहेका छन् । श्रीमद्भागवत महापुराण कथाको स्रोत वर्णन, ब्रम्हतत्वसम्बन्धी परिचर्चा, राम, कृष्ण, शिव भगवानका लीलाका कथा, तीर्थको वर्णन, गोमती–गंगाको वर्णन, श्राद्धकल्पको वर्णन विशेष रुपमा गरिएको आ। रघुनाथ रिजालले जानकारी दिए ।