विर्तामोड। 

नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ झापाले जिल्लाका पाँचवटै क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ÷नगर समिति विस्तार एवं पदस्थापन कार्यक्रम विर्तामोडमा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सबै क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ नगरका सभापतिहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रमाणपत्र प्रदान गरी पदस्थापन गराइएको हो । मनोनित सबै अध्यक्षहरुलाई प्रमुख अतिथ थेवे र विशेष अतिथि राम कट्टेलले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल किसान महासंघ झापाका अध्यक्ष रतन थिङलावोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सहसचिवद्वय कमल भण्डारी र कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, ५ क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव यादव गिरीले गरेका थिए । 

महासंघले झापाको क्षेत्र नं–१ को अध्यक्षमा हरिबहादुर बस्नेत, क्षेत्र नं–२ को अध्यक्षमा प्रकाश बास्तोला, क्षेत्र नं–३ को अध्यक्षमा तुलसी ढकाल, क्षेत्र नं–४ को सभापतिमा अर्जुन राई र क्षेत्र नं–५ को सभापतिमा सोमराज तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी झापाको क्षेत्र नं–१ प्रदेश क मा गणेश धिताल, क्षेत्र नं–२ को प्रदेश क मा चुडामणि हुमागाई, ख मा मदनकुमार थापा,  क्षेत्र नं–३ प्रदेश क मा रुद्रप्रसाद उप्रेती र ख मा राजेन्द्रप्रसाद ओली, क्षेत्र नं–४ ख मा नरेन्द्रकुमार आङ्देम्बे, क्षेत्र नं–५ क मा विरभद्र पोखरेल र ख मा दुर्गा सेढाई रहेका छन् ।

महासंघले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा भीमप्रसाद राजवंशी, झापा गाउँपालिका अध्यक्षमा जीतबहादुर खड्का, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा लालबाबु कर्ण, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा प्रेम चापागाई, कचनकबल गाउँपालिकाको अध्यक्षमा रमला विष्ट, कमल गाउँपालिका अध्यक्षमा ताराकुमार कार्की र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा दिननाथ काफ्लेलाई सर्वसम्मत मनोनयन गरेको छ ।

यसैगरी महासंघको शिवसताक्षी नगर अध्यक्षमा अमृत कटुवाल, अर्जुनधारा नगर अध्यक्षमा तारा बराल, गौरादह नगर अध्यक्षमा नेत्र दाहाल, मेचीनगर नगर अध्यक्षमा सरद भट्टराई, विर्तामोड नगर अध्यक्षमा हरिप्रसाद पौडेल, कनकाई नगर अध्यक्षमा यदुनाथ अधिकारी, दमक नगर अध्यक्षमा यामबहादुर विष्ट र भद्रपुर नगर अध्यक्षमा राजेन्द्र सापकोटालाई सर्वसम्मत मनोनित गरिएको महासंघ झापा अध्यक्ष थिङलावोले जानकारी दिए।  

यसैबीच महासंघको क्षेत्र, प्रदेशसभा क्षेत्र एवं गाउँ÷नगर समितिको संयुक्त बैठकले हात्ती आतंक समाधान र दुधको मूल्य निर्धारणका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।