•  भरत भाबुक प्रसाई

बिर्तामोड ।

साहित्यिक गतिबिधिलाई उजागर गर्ने उदेश्यले झापाको बिर्तामोडमा साहित्यक पत्रकार मञ्च गठन  भएको छ । साहित्यकार तथा पत्रकार हरि बरालको संयोजकत्वमा बिहीबार (आज) ९ सदस्यीय कार्यसमिति गठन भएको हो । 

समसतको सह–संयोजकमा रविकिरण बान्तवा, सचिव भरत भाबुक प्रसाई, सह–सचिव मुना प्रसाई, कोषाध्यक्ष रत्नबहादुर  बस्नेत रहेका छन् । 

त्यस्तै सदस्यमा देव बाँस्कोटा, सरोज पौड्याल, एकराज प्रधान र सञ्जु शिवाकोटी रहेका छन् । मोफसल भित्रका साहित्यिक गतिविधिहरुलाई उत्थान गर्ने उदेश्यले साहित्यक पत्रकार मञ्चको गठन गरिएको संयोजक हरि बरालले बताए।

मञ्चका सल्लाहकार एवं वरिष्ठ पत्रकार सन्तोष आर्चायले साहित्यिक क्षेत्रमा जसले सृर्जनाको काम गरिरहेका छन्, सृर्जनासँग सामिप्यता राख्ने सर्जकहरुको प्रर्वद्वन गर्ने उदेश्यले झापामा पहिलो पटक साहित्य पत्रकार मञ्च गठन गरेका बताए । 

मञ्चको संस्थापक सल्लाहकारमा कुमार भट्टराई, तीर्थ सिग्देल, सन्तोष आचार्य, लीला अनमोल र दिपीन राई रहेका छन् ।