बिर्तामोड । 

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले साधारणसभा प्रतिनिधि सदस्य मनोनयनलाई निरन्तरता दिएको छ । झापाको बिर्तामोडमा कार्यालय रहेको संस्थाले गत पुस १ गतेदेखिसम्म प्रतिनिधि सदस्य मनोनयनलाई निरन्तरता दिएको हो । 

पुस १ देखि शुरु भएको प्रतिनिधि सदस्य मनोनयन १९ गतेसम्म सञ्चालन हुने प्रतिनिधि छनौट समितिका संयोजक तथा संस्थाका सचिव पारसमणि मैनालीले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधि सदस्य मनोनयन अन्तरगत पुस १ गते ब्लक नम्बर ३५, २२ र १२, २ गते ३६, ५१ र ५०, ३ गते ४८, २३ र ११ बाट प्रतिनिधि सदस्य मनोनयन गरिसकिएको छ । 

बुधवार भएको प्रतिनिधि सदस्य मनोनयन अन्तरगत ब्लक नम्बर ३७ बाट ११ जना छनौट भएका संस्थाकी कोषाध्यक्ष शारदा रिलालले जानकारी दिइन् । ब्लक नम्बर ३७ अन्तरगत इकाई ५४ बाट अर्जुन गिरी, नेत्रबहादुर कार्की, बिष्णु गिरी, पद्मादेबी पुरी, योगराज श्रेष्ठ, रञ्जु गिरी, विश्वश्वरप्रसाद बजगाई, नन्दा तिम्सिना, होमकला बजगाई, खगेन्द्रप्रसाद मैनाली र पूर्णकुमारी लिम्बु मनोनयन भएका छन् । त्यस्तै आजै ब्लक नम्बर २४ र १३ को पनि प्रतिनिधि सदस्य मनोनयन भएको संयोजक मैनालीले जानकारी दिए । 

भोली बिहीवार ब्लक नम्बर ३८, ३९ १ को प्रतिनिधि सदस्य मनोनयन गरिने जनाइएको छ । प्रतिनिधि सदस्य मनोनयन समितिको संयोजकमा मैनाली छन् भने सदस्यमा आनन्द गुरुङ, खगेन्द्र थापा, खड्गराज गिरी, बालादेबी खरेल रहेका छन् । संस्थाको जम्मा ब्लक ४९ वटा रहेको जनाइएको छ ।