हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकामा कृषकहरुले लगाएका हिउँदे बाली उपचार शिविर सञ्चालन हुने भएको छ । कृषि ज्ञान केन्द्र झापाको आर्थिक र प्राविधिक सहयोगमा भोली बिहीवार गाउँपालिकाको कृषकहरुको हिउँदे बाली तरकारी, फलफूल, खद्यान्न, तेलहन, दलहन तथा सम्बन्धित अन्य बालीहरुमा उपचार शिविर हुने हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए ।
शिविरमा हिउँदे बालीमा लाग्ने रोगकिरा तथा खाद्यतत्व सम्बन्धी बिविध बाली उपचार शिविर कार्यक्रम गरिने भएकाले पालिकाको कृषि विकास शाखा र कृषि ज्ञान केन्द्र झापामा सम्पर्क गर्न सकिने सूचना जारी गरी जनाइएको छ ।
कृषकले आफ्ना खेतबारीमा लगाएका बालीहरुको बाली उपचार शिविर कार्यक्रममा रोगकिरा तथा अन्य नमुना परीक्षणका लागि पालिकाले सवैमा आग्रहसमेत गरेको पालिकाका कृषि अधिकृत छबिलाल गुरुङद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना :