मेचीनगर । 

नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक बिषयमाथि  काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।  प्रदेश, क्षेत्र, नगर र वडाबाट सहभागी पार्टीका इन्चार्ज, अध्यक्ष, सचिव तथा पदाधिकारीहरु बिच मंगलबार अन्तरक्रिया गरेको हो । 

पार्टीले नगर र वडामा देखिएको समस्या, जनगुनासो र समाधानको बिषयमा छ्लफल भएको थियो । कार्यक्रममा मेचीनगरका १५ वटै वडाका इन्चार्ज, अध्यक्षले सर्बसाधारण गरीब–बिपन्न जनताका जटिल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच बिदेशबाट फर्किएका युवाहरूको संस्था रिटेर्नी नेपालले मेचीनगरमा संस्थालाई सकृय बनाउन समिति गठन गर्ने भएको छ । जसका लागि पुस महिमाभित्र बृहत बनभोज कार्यक्रमबीच समिति गठन गर्ने निर्णयसमेत गरेको छ । सर्वसाधारण जनताको गुनासो स्वयम्बाट सुन्न र समाधानको उपाय खोज्नका लागि नगरभित्र बनभोजसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।

बनभोज तथा अन्तरक्रियामा ५ सयबढी सर्वसाधारण आगन्तुक तथा कार्यकर्तालाई सहभागी गराइने जनाइएको छ । बनभोजका लागि नगर अध्यक्ष चिमरियाको संयोजकत्वमा वडा इन्चार्ज, अध्यक्षसहित ४१ सदस्य ब्यवस्थापन समिति समेत तय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सदस्य प्रकाश भण्डारी पार्टीभित्र कुनै समस्या नहरेको जनाउँदै परिणाममुखी काम गर्न मातहतका कमिटीलाई निर्देशन दिएका थिए ।राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको संचालन ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।