झापा ।

भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब तीन सय ८० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार (आज) बिहान पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही स्थानका ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर लुकाएर २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सह–चालक राजपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका र गाँजाका बिषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।