हल्दिवारी। 

प्रतिनिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दिवारि २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् । आगामी पुस १० गतेसम्म आयोजना हुने बिराट धन धान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सोमवार (आज)  सभामुख घिमिरेले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नेपालका केही वकिलका कारण बिकास निर्माणमा असर परेको जिकिर गर्दै देश आर्थिक अफ्ट्यारोमा परेको समेत बताएका छन् । 

संसद बिकास कोषबाट सांसद बिकास कोष रोकिएकोले सांसदले आफ्नो क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न नसकिएको उनले उल्लेख गरे ।  उनले कार्यक्रममा बोल्दै केही वकिल र सरकारका कारण जनताको अपेक्षा अनुरुप काम गर्न बाधा पुगेको बताए ।

हल्दिवारी र बिर्तामोडको सिमा क्षेत्रमा रहेको सो ठाउँको बिकासका विषयमा आफू जानकार रहेको भएपनि सरकारको उदासिनताका कारण सोचे अनुसारको बिकास हुन नसकेको बताउदै आगामी दिनमा विभिन्न श्रोत मार्फत भए पनि जन अपेक्षा अनुसारको काम गर्ने दाबी गरे । 

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्की ,बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईं ,हल्दिवारी–२ का वडाध्यक्ष सुकलाल राजबंशीलगायतले शुभकामना राखेका थिए । मन्दिर ब्यबस्थापन समिति अध्यक्ष खिलेश्वर दाहालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत पुन्य लम्सालले गरेका थिए । कार्यक्रम संचालन सरोज पौडेलले गरेका थिए । 

आजबाट सुरु भएको पुराणको प्रमुख कथा बाचक भागवत नेपाल र उप बाचक नारायण पौडेलले गर्ने बताइएको छ । मन्दिर ब्यबस्थापन तथा सामुदायिक भवन निर्माण गरिने जनाइएको छ ।