बिराटनगर ।
सुनसरीको इनरूवा नगरपालिका वडा नम्बर–९ मा रहेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा भएको कपडा वितरण कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो ।
आइतवार जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर तथा परिवारहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, प्रहरी कर्मचारीलगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।