काठमाडौं।

 सरकारले उखु किसानहरूलाई ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। सरकारले उखु किसानको दिन बाँकी ५२ करोड तत्काल भुक्तानी दिने  निर्णय गरेको हो । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा शनिवार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।