सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । नगरका तीन वटा वडाका ६० जना अतिविपन्न परिवारलाई जाडोमा न्यानो प्रदान ब्ल्यांकेट वितरण गरिएको हो ।
नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्षेनी ब्ल्यांकेट वितरण गरिँदै आएको नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारीका छन् ।
आइतवार (आज) नगरक वडा नम्बर १, ६ र ७ का २०÷२० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो । वडा नम्बर १ मा सो वडाका वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष पोखरेलले स्वागत एवम् औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गरेकी थिइन् ।
त्यस्तै, वडा नम्बर ६ मा वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षता र वडा नम्बर ७ का भीष्मभूषण सिटौलाको अध्यक्षता र नगर उपप्रमुख शिवाकोटीको प्रमुख आतिथ्यमा ती दुवै वडामा न्यानो कपडा वितरण गरियो । नगर उपप्रमुख शिवाकोटीको नेतृत्वमा नगरका नौ वटै वडाका १ सय ८० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण भइरहेको नगरपालिकाका कर्मचारी विजय पाठकले जानकारी दिएका छन् ।