बिर्तामोड । 

झापाको बिर्तामोड– ५ कि एकल विपन्न महिला कुसुम आले मगरलाई पाठेघरमा क्यान्सर भएपछि स्थानीय व्यापारीहरुले १ लाख २३ हजार  ३ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

उपचारका लागि खर्च अभावमा रहेकी विपन्न ४६ वर्षीया मगरलाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्योपाने, सितल मिनी मार्केटका कुमार निरौला सहितको नेतृत्व टोलीले रकम सङ्कलन गरी शनिवार(आज) हस्तान्तान्तरण गरेका हुन् ।

मिनी मार्केटमा आयोजित कार्यक्रमकाबीच उनलाई उपचारका लागि सहयोग रकम प्रदान गरिएको थियो । सामान्य चिया पसल सञ्चालन गर्दै आएकी मगरलाई क्यान्सर जस्तो प्राण घातक रोग लागेपछि उपचारमा आर्थिक अभाव सृजना भएको थियो । मगरलाई व्यवसायीहरुबाट संकलित ७६ हजार ३ सय ४५ रुपैयाँ र बीएण्डसी अस्पतालमा रहेको फार्मेसी मार्फत ४७ हजार रुपैयाँ सहयोग गरिएको हो ।

cancer

रकम हस्तान्तरणसँगै क्यान्सर रोगी मगरलाई सकेको सहयोग गरिदिन संघका बरिष्ठ उपाध्यक्ष न्यौपालेले सवैमा आग्रह गरेका छन् । मगरको स्वास्थ्यमा गत भदौ महिनादेखि समस्या देखिएको थियो । शुरुमा रगत बग्ने समस्या देखिएको मगरले बताइन् । एक महिना अघि स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पत्ता लागेको उनको भनाई छ । 

आफूसँग उपचारका लागि रकम नभएको र उपचारका लागि झण्डै ५ लाख रुपैयाँ लाग्ने भएपछि सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेकी हुँ मगरले भनिन् ‘नवील बैंकमा रहेको मेरो खाता नम्वर १८९१००१७५००३१५ मा सहयोग गरिदिन म सबैलाई आग्रह गर्छु ।’

सहयोग रकम लिदै उनले मनका धनिले सहयोग गरे उनलको उपचारमा सहयोग पुग्ने बताइन् । मगरका एक छोरा र एक छोरी रहेका छन् । मगरका श्रीमान्को केही वर्ष अघि निधन भएको बताइएको छ ।